युवा क्रीकेटर ओलिवर डेविसले बनाए नयाँ किर्तिमान

सिड्नी अष्ट्रेलियाका युवा क्रीकेटर ओलिवर डेविसले अन्डर १९ नेसनल च्याम्पियनशिपमा एकै ओवरमा ६ छक्का प्रहार गरेका छन ।

न्यू साउथ वेलस मेट्रो टिमका लागी खेल्दै डेविसले नर्थन टेरिटोरी बिरुद्द १७ छक्का हान्दै ११५ बलमा २०७ रनको पारी खेलेका थिए ।

७४ बलमा सतक बनाए लगत्तै १८ बर्षिय डेविसले अर्को ३९ बलमा दोहोरो सतक प्रहार गरे ।

दोहोरो सतक बनाउने क्रममा उनले खेलको ४० ओवरमा अफ स्पिन्नर ज्याक जेम्स बिरुद्द ६ छक्का प्रहार गर्दै अन्डर १९ च्याम्पियनशिपमा एकै ओवरमा धेरै रन बनाउने नयाँ किर्तिमान बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest