गेलले पाए ३ लाख डलर क्षतीपुर्ति रकम

वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले महिला उत्पीडित सम्बन्धी मानहानी मुद्दा जितेका छन। जसका लागि उनले तीन लाख डलर क्षतीपुर्ति पनि पाएका छन ।

अष्ट्रेलिया अदालतले गेलको पक्षमा फैसला गर्दै उनलाई आरोप लगाउने फेयरफ्याक्स मिडियालाई ३ लाख अष्ट्रेलियन डलर क्षतिपुर्ति दिन पनि आदेश दिएको छ ।

उक्त मिडियाले सन् २०१५ मा एक महिलालाई उदृत गर्दै २०१५ को विश्वकपका बेला सिड्नीमा मालिशिया नामकी महिला अगाडी कपडा खोलेको आरोप लगाएको थियो ।

गेलका विषयमा विभिन्न टिप्पणीहरु भएपनि उनले सधैं उक्त घटनामा आफू संलग्नता नभएको बताउँदै आएका थिए । धेरै नै टिप्पणी भए पछि उनले फेयरफ्याक्स मिडियालाई विपक्षी बनाएर अदालतमा २०१६ मा मुद्दा दर्ता गरेको थिए ।

२०१७ को अक्टोबरमा न्यायाधीश समक्ष आरोप लगाउने पत्रकारले सबूत प्रमाण पेश गर्न सकेका थिएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest