पाेवार नै प्रशिक्षक हुनुपर्ने भारतीय महिला क्रिकेट खेलाडीकाे माग

भारतीय क्रिकेट बोर्डले महिला क्रिकेट टिमको प्रशिक्षकका लागि नयाँ आवदेन खोलेको दोस्रो दिन नै राष्ट्रिय टिमकी सदस्य हरप्रित कौर र स्मृती मन्धानाले पुरानै प्रशिक्षक रमेश पोवारलाई नै निरन्तरता दिन सुझाव दिएका छन ।

नोभेम्बर ३० तारिखपछि उनको महिला क्रिकेट टिमको प्रशिक्षकको सम्झौता सकिएको थियो । त्यसपछि बीसीसीआइले नयाँ प्रशिक्षकका लागि आवेदन खोलेको थियो । तर महिला टिममा सिनियर खेलाडी हरप्रित र स्मृतीले सोमबार बीसीसीआइलाई इमेल गर्दै पोवारलाई नै प्रशिक्षक राख्न सुझाव दिएका छन ।

उनीहरुले सन् २०२० सम्म महिला टिमको प्रमुख प्रशिक्षकमा पोवारनै हुनुपर्ने माग गरेका छन । सन् २०२० मा हुने टी–२० विश्वकपलाई मध्यनजर गरेर उनलाई निरन्तरता दिनुपर्ने उनीहरुले उल्लेख गरेका छन ।

दुबै खेलाडीले छुट्टा छुट्टै रुपमा इमेल लेखेर बीसीसीआइलाई आग्रत गरेका हुन । तर बीसीसीआइले पनि यसविषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest