इपीएलकाे डिजिटल पार्टनर नेपालफ्लिक्स

एभरेष्ट प्रिमियर लिग आउन अब एक साता भन्दापनि कम समय बाँकि रहेको छ । यस्तोमा सबै टिमले आन्तरिक तयारी सुरु गरेका छन भने आयोजक पनि यसलाई भब्य बनाउन तयारी अन्तिम चरणमा पुर्याएको छ ।

यस्तैमा यसपटक पनि इपीएलको अनलाइन ब्रोडकास्टिङ पार्टनरका रुपमा नेपालफ्लिक्सलाई नै भित्र्याएको छ ।

इपीएलको दोस्रो सिजनदेखि नेपालफ्लिक्सले इपीएलको अनलाइन र डिजिटल ब्रोडकास्टिङको अधिकार खरिद गरेको थियो । जसलाई यसपटक पनि निरन्तरता दिएको छ ।

बंगलादेशी कम्पनी बोङो को सहयोगमा काम गरिरहेको नेपालफ्लिक्स अगाडी बढिरहेको छ । उसले पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको पनि लाइभ गरिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest