खेलसँगै पढाइपनि अगाडी बढाउदै सन्दिप, कुन कलेज छाने ?

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले क्रिकेटसँगै पढाइलार्इ पनि अगाडी बढाउने याेजना बनाएका छन । जसका लागि उनले ब्याचलर इन सोसल वर्क अर्थात एसडब्लू कोर्षमा भर्ना भएका छन ।

जेभियर इन्टरनेसनल कलेजमा सन्दिप तीन बर्षे काेर्षका लागि भर्ना भएका हुन् । टी-१० लिग सकेर फर्किएपछि सन्दिपले कलेजमा अाधिकारीक रूपमा भर्ना फर्म भरेका हुन् । सन्दिपकाे भर्नाकाे फर्म भर्नेबेला कलेजले विशेष कार्यक्रमकाे अायाेजना नै गरेकाे थियाे ।

टी-१० लिग अगाडी साेहि कलेजकाे ब्रान्ड एम्बेस्डर समेत बनेका सन्दिप र उनका म्यानेजर रमन सिवाकाेटीलार्इ कलेजले स्वागत पनि गरेकाे थियाे । सन्दिप अाफैले फर्म भरेका थिए भने पढाइका विषयमा अाफ्नाे भनाइ पनि राखेका थिए । साथै उनले ठटाैली पारामा पहिले क्रिकेट खेल्न गाह्राे थियाे अहिले फर्म भर्न कठिन भएकाे बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest