अवार्डका लागि कुककाे अन्तिम सतक छनाेटमा

टेष्ट क्रिकेटबाट सन्यास लिदा अन्तिम खेलमा सतक प्रहार गरेका एलेस्टर कुकको सो सतक बीबीसी स्पोर्टस पर्सनालिटी अफ दी इयरको बर्षको सबैभन्दा ठुलो स्पोर्टिङ मोमेन्टका लागि चुनिएको छ ।

भारत विरुद्धको त्यो अन्तिम खेलमा कुकले एक सय ४७ रन हिर्काएका थिए । टेष्ट करियरबाट विदाई लिने क्रममा अन्तिम टेष्टमा पनि सतक हिर्काउदै सुखद अन्त्य गरेका कुकको त्यो ३३ औं टेष्ट सतक थियो ।

सो खेलमा पहिलो पारीमा ७१ रनमा आउट भएक कुकले दोस्रो पारिमा उत्कृष्ट प्रदर्शन गर्दै एक सय ४७ रन बनाएका थिए । कुकले खेलाडी जीवनबाट विदाई हुनु अगाडी इंग्ल्याण्डको सबै भन्दा धेरै रन बनाउने खेलाडी भएका थिए ।

कुकको त्यो सतक इंग्ल्याण्डलाई कमवेल्थ गेम्समा नेटबलको स्वर्णपदक, फिफा विश्वकपमा कोलम्बिया विरुद्धको पेनाल्टी सुटआउट सहित अरु खेलसँग प्रतिस्पर्धा गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest