टेष्ट क्रिकेटबाट हफिजले सन्यासकाे घाेषणा

पाकिस्तानी क्रिकेटर मोहम्मद हफिजले न्युजिल्याण्ड विरुद्धको टेष्ट श्रृखंलापछि सन्यास लिने भएका छन।

करियरको अन्तिम टेष्ट खेलिरहेका ३८ बर्षे हफिजले ५५ टेष्ट खेलिरहेका छन । न्यूजिल्याण्ड विरुद्धको खेल नै अन्तिम हुने उनले बताएका छन ।

उनले अहिलेसम्म टेष्टमा तीन हजार ६ सय ४४ रन बनाएका छन । जसमा उनको उच्च स्कोर दुई सय २४ रन रहेको छ । जसमा १० सतक र १२ अर्धसतक रहेका छन ।

अलराउन्डर हफिजले बलिङमा ५३ विकेट लिएका छन । जसमा उनको एभरेज ३४ दशमलव शुन्य पाँचको रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest