गम्भिरले लिए क्रिकेटबाट सन्यास

भारतीय क्रिकेटर गौतम गम्भिरले खेलाडी जीवनबाट सन्यास लिएका छन् ।

राष्ट्रिय टिममा लामाे समय देखि बाहिर रहेका गम्भिरले क्रिकेटकाे सबै फरम्याटबाट सन्यास लिएका छन । पछिल्लो समय इण्डियन प्रिमियर लिगमा सिमित बनेका गम्भिरले भारतलाई सन् २००७ को टि–२० विश्वकप र सन् २०११ को एक दिवशीय विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका ३७ वर्षे गम्भिरले ५८ टेस्ट, १४७ एक दिवशीय र ३७ टि–२० खेल खेलेका छन् ।

उनले टि–२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध ७५ रन बनाएका थिए भने एक दिवशीय विश्वकपको फाइनलमा ९७ रनको उत्कृष्ट पारी खेलेका थिए ।

रणजी ट्रफी अन्तर्गत आन्द्रविरुद्धको खेल ३७ वर्षे गम्भिरको करियरको अन्तिम खेल हुनेछ । उनले टेस्टमा ११ शतक सहित ४,१५४ टेस्ट रन बनाएका छन् । एक दिवशीयमा भने उनले ५,२३८ रन जोडे ।

कोलकाता नाइट राइडर्सलाई सन् २०१२ र २०१४ को इण्डियन प्रिमियर लिगको उपाधि जिताउनका लागि गाम्भिरको भुमिका महत्वपूर्ण थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest