एभरेष्ट प्रिमियर लिगका लागि केभिन अाेब्राइन नेपाल पुगे

एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्सबाट खेल्ने आयरल्याण्डका केभिन ओब्राइन नेपाल आएका छन ।

टेष्ट मान्यता देशका खेलाडी केभिनलाई काठमाडौं किंग्सका पदाधिकारीले उनि बसेको होटल मिराज इनमा स्वागत गरेका छन । यसपटकको इपिएलमा अघिल्लो संस्करणको भन्दा राम्रा विदेशी खेलाडी भित्र्याएकाले इपीएलको रौनक झन तातेको छ ।

सन् २००६ देखि राष्ट्रिय टिमबाट खेल्दै आएका केभिन एकदिवसिय र टी–२० का अनुभवी खेलाडी हुन । अलराउन्डर केभिनले इंग्लिस काउन्टि क्रिकेटमा पनि राम्रो प्रभाव जनाएका छन । सोमपाल कामी मार्की खेलाडी रहेको काठमाडौंको प्रशिक्षकमा राजु बस्न्यात रहेका छन ।

इपीएल यहि शनिबारबाट किर्तीपुर मैदानमा सुरू हुँदैछ । जसमा ६ टिमकाे सहभागिता रहेकाे छ । प्रतियाेगिताकाे तयारी लगभग अन्तिम चरणमा पुगेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest