राेहनले इपीएलमा काठमाडाैंकाे पहिलाे खेल खेल्न नपाउने

एभरेष्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौं किंग्सबाट खेल्ने तयारीमा रहेका युएईका कप्तान रोहन मुस्तफाले पहिलो खेल गुमाउने भएका छन ।

हाल पाकिस्तानमा क्रिकेट प्रतियोगिताका लागि गएकाले उनले इपीएलको पहिलो खेलमा उपस्थित हुने संभावना निकै न्युन रहेको छ । उनी प्रतियोगिता सुरु भएको तीन चार दिनपछि मात्र काठमाडौं आइपुग्ने भएकाले पहिलो खेल खेल्नु संभावना कम रहेकाे छ ।

काठमाडौंले इपीएलको पहिलो खेलमा चितवन टाइगर्ससँग खेल्नेछ । प्रतियोगिताका लागि आयरल्याण्डका केभिन ओब्राइन नेपाल आइसकेका छन । शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स विच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest