इपीएलमा चियर्सलिडर विदेशी नै हुने

यहि शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगमा पहिलाे पटक विदेशीबाट चेयरलिडर्स आउने भएका छन् । इपीएलका लागि किङफिसरले चियर्स लिडर नेपाल ल्याउन लागेकाे हाे ।

किंगफिसरले पत्रकार सम्मेलन गर्दै दर्शकको उपस्थितीलाई विषेश ख्याल गर्दै चेयर लिडरहरु ल्याउन लागेको जानकारी दियो । यसले प्रतियोगिताको स्तर उकास्न समेत उल्लेख्य योगदान पुग्ने विश्वास किंगफिसरको रहेकाे छ ।

दर्शकलाई क्रिकेटसँगै मनोरञ्जन पनि दिने उद्देश्य आयोजकको हो । इपीएलबाट नै नेपाली क्रिकेटमा चियर्सलिडरकाे अवधारणा सुरू गरिएकाे थियाे । अघिल्लाे संस्करणमा इपीएल अायाेजकले नेपालकै चियर्सलिडरलाइ मैदानमा नचाएकाे थियाे ।

६ टिमकाे सहभागिता रहेकाे इपीएलकाे पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियोट्सवीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest