चितवनकाे कप्तानी पृथुले गर्ने, अायरल्याण्डका पउल भाेली नेपाल पुग्ने

शनिबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिगका लागि चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तानको जिम्मेवारी दिएको छ । मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी भएपनि कप्तानका रुपमा पृथुलाई जिम्मेवारी दिएको हो ।

टिमले सार्वजनिक गरेको विज्ञेप्तीमा पृथुलाई कप्तानी र प्रशिक्षकमा कलाम अलीलाई राखेको छ । यसका साथै ट्यालेन्ट हन्टबाट आकाश थापालाई टिममा राखेको छ । चितवनले ट्यालेन्ट हन्टबाट अन्तिममा ५ जना खेलाडीलाई छनोट गरेको थियो ।

जसमा आकाश अन्तिममा टिममा परेका हुन । टिममा रहेका विदेशी खेलाडी जर्ज स्कट र जोहन सम्पिसन प्रशिक्षणमा आइसकेका छन भने पउल स्टिर्लिङ विहिबार राति नेपाल आइपुग्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest