मेक्सवेल र फिन्चले अाइपीएल नखेल्ने

ब्यस्त तालिकाका कारण अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेल र एरोन फिन्चले इण्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागिता नजनाउने भएका छन ।

सन् २०१९ को आधा समय घरेलु प्रतियोगिता, इंग्ल्याण्डमा आयोजना हुने विश्वकप र त्यसपछि एसेज श्रृङ्खलामा ब्यस्त हुने भएकाले आईपीएल अक्सनमा नाम दर्ता नगराउने निर्णय गरेका हुन् ।

म्याक्सवेल र फिन्चलाई यसअघि नै क्लबले रिलिज गरिसकेका छन् । म्याक्सवेल यसअघि दिल्ली डेरडेविल्स (परिवर्तित नामः दिल्ली क्यापिटल्स)मा आबद्ध थिए भने फिन्च किंग्स् इलेभेन पञ्जावमा थिए ।

सन् २०१८ मा उदय भएका नयाँ अलराउण्डर इंग्ल्याण्डका साम कुरान समूह नौमा छन् । यो समूहमा श्रीलंकाली बलर लसिथ मालिंगा पनि छन् । अक्सन पुलमा दुई करोड भारुको न्यूनतम मूल्यमा ब्रेण्डन म्याक्कुलम, डिआर्की सर्ट र कोरे एण्डरसन छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest