स्वतन्त्र समितीकाे बैठकका लागि अाइसीसीका प्रतिनिधी भाेली नेपाल अाउने

नेपाली क्रिकेटकाे विवाद समाधानका लागि गठन गरिएकाे स्वतन्त्र समितिकाे बैठक शनिबार काठमाडाैंमा बस्दैछ । जसका लागि भाेली अाइसीसीका प्रतिनिधी नेपाल अाउने भएका छन ।

बैठकमा स्वतन्त्र समितिमा आइसिसीबाट अमर शेख, नितिश कोथारी र मोहमद अली छन भने नेपालबाट राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन्। जसमा अाइसीसीबाट अमर शेख नेपाल अाइसकेका छन ।

यसअघि पनि बारम्बार अाइसीसीका प्रतिनिधी नेपाल अाएर छलफल गरेपनि विवादकाे निकास निक्लिन सकेकाे छैन । अब स्वतन्त्र समितिकाे बैठकपछि भने यसकाे निकास निस्किनेमा अाशा गरिएकाे छ । केहि दिन अगाडी मात्र निर्वाचित क्यानका महासचिव अशाेकनाथ प्याकुरेल एसीसीकाे बैठकमा पुगेर नेपालकाे निलम्बनका बारेमा छलफल गरेका थिए ।

बैठकमा मुख्य गरी २ विषयमा छलफल हुनेछ । निलम्बित क्यानले मुद्दा फिर्ताका लागि गरेकाे पहल र जिल्लाको हकमा आइसिसीलाइ पठाइएको प्रतिवेदन मुख्य एजेन्डा हुनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest