खेलाडी जीवन टुंग्याउदै शक्ति

नेपाली भेट्रान खेलाडी शक्ति गौचनले शनिबारबाट सुरू हुने एभरेस्ट प्रिमियर लिगपछि संन्यास लिने भएका छन् ।

गत जुलाईमा नेदरल्यान्ड्समा भएको एक दिवसिय अन्तर्राष्ट्रिय खेलबाट विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका शक्तिले नेपालमा नै अन्तराष्ट्रिय खेलका अायाेजना गरेपछि सन्यास लिने मनसाय बनाएका थिए । तर क्यान निलम्बनमा रहेका कारण उनले इपीएललाइ नै अन्तिम प्रतियाेगिता बनाउने निधाे गरेका छन ।

सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेट सुरू गरेका शक्तिले सिंगापुरमा भएकाे एसीसी ट्रफीमा राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।

देव्रेहाते स्पिनर शक्ति नेपालका प्रमुख बलर बनेका थिए । पछिल्लो समय बढ्दाे उमेर र श्वास्थ्यका कारण पनि उनि खेलाडी भन्दा खेल ब्यवस्थापन र प्रशिक्षकमा हात हालेका थिए । उनले सक्रिय क्रिकेटबाट टाढा भएपछि यू-१९ क्रिकेट टिमका टिम लिडरका रूपमा गएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest