इपीएलकाे विजेताले पाउने ट्रफि सार्वजनिक

एभेरेष्ट प्रिमियर लिगको ट्रफि सार्वजनिक गरिएको छ । शनिबारबाट सुरूहुने प्रतियाेगिताकाे ट्रफि अघिल्लाे संस्करणकाे भन्दा निकै फरक रहेकाे छ ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा इपिएलमा सहभागि ६ टिमका कप्तानको उपस्थिती रहेको थियो । जसमा ललितपुरका ज्ञानेन्द्र मल्ल, भैरहवाका कप्तान शरद भेसवाकर, विराटनगरका पारस खड्का, चितवनका पृथु बास्कोटा, काठमाडौका सोमपाल कामी र पोखराबाट स्कटल्याण्डका खेलाडी केली कोइट्जेर रहेका थिए । पोखराका मार्की खेलाडी शक्ति गौचन भएपनि कप्तान केलीलाई दिइएको छ ।

इपीएलको ट्रफि सिल्भरले बनेको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने यो ट्रफिसँगै कति रकम पाउछ त्यो अझै आयोजकले खुलाएको छैन । अघिल्लो संस्करणमा विजेताले २१ लाख रुपैया पाएको थियो । तर यसपटक यो पुरस्कार राशि बढ्नसक्ने बताइएको छ ।

डीपीएलको विजेताले २५ लाख र पीपीएलको विजेताले २७ लाख रुपैयाँ पाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest