इपीएलमा पाेखराकाे कप्तान परिवर्तन, शक्तिकाे सट्टा केली कोट्जेर नयाँ कप्तान नियुक्त

इपीएलमा पोखरा राइनोजको कप्तान परिवर्तन गरिएको छ । अघिल्लो संस्करण टिमका कप्तानी गरेका शक्ति गौचनको स्थानमा स्कटल्याण्डका खेलाडी केली कोट्जेरलाई नयाँ कप्तान नियुक्त गरेको छ ।

इपीएलको ट्रफि सार्वजनिक कार्यक्रममा शक्तिको स्थानमा कप्तानका रुपमा केली उपस्थित भएपछि टिमले कप्तान परिवर्तन गरेको पक्का भएको हो । पोखराको मार्की खेलाडीका रुपमा शक्ति गाैचन रहेका छन ।

सन् २००३ देखि स्कटल्याण्ड राष्ट्रिय टिमबाट खेलिरहेका केली एक अनुभवी खेलाडी हुन । उनले नेपाल विरुद्ध पनि विभिन्न प्रतियोगिता खेलेका छन । करियरमा ५० एकदिवसिय खेलेका उनले १९६९ रन बनाएका छन भने टी–२० मा ४५ खेलमा १०३४ रन बनाएका छन ।

पार्टटाइम बलरको भुमिका पनि गर्ने उनले एकदिवसियमा चार सतक बनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest