यासीरकाे टेष्ट क्रिकेटमा कम खेलमा २०० विकेट पुरा गर्ने किर्तीमान

पाकिस्तानी बलर यासीर शाहले ८२ बर्ष पुरानो टेष्ट क्रिकेटको इतिहासलाई तोडेका छन । टेष्ट क्रिकेटमा कम खेलमा २०० विकेट पुरा गर्ने उनी पहिलो खेलाडी बनेका छन । न्युजिल्याण्ड विरुद्धको अन्तिम टेष्टमा उनले यो किर्तीमान बनाएका हुन ।

यसअघि यो किर्तीना लेग स्पिनर क्लारी ग्रिमेटको नाममा रहेको थियो । उनले ३६ टेष्टमा २०० विकेट लिने किर्तीमान बनाएका थिए । न्युजिल्याण्ड विरुद्धको सिरीजमा कुल २७ विकेट लिएका उनले एकै खेलमा १४ विकेट लिदै सनसनी मच्चाएका थिए ।

यसका साथै उनले एकै सिरीजमा धेरै विकेट लिने तेस्रो खेलाडी बनेका छन । उनीभन्दा अगाडी वकार युनिस र अब्दुल कादिर रहेका छन । युनिसले २९ र कादिरले ३० विकेट लिएका छन ।

यसअघि यासिरले टेष्ट क्रिकेटमा कम खेलमा १०० विकेट लिने किर्तीमान पनि बनाएका थिए । जसमा उनले मात्र १७ टेष्टमा विकेट सख्या सतक पुर्याएका थिए । यस्तै कम खेलमा ५० विकेट लिने पहिलो पाकिस्तानी खेलाडी बनेका थिए । उनले मात्र नौ टेष्टमा ५० विकेट हात पारेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest