भारत विरूद्द अष्ट्रेलिया पनि कमजाेर

अष्ट्रेलिया विरुद्दको पहिलो टेष्टको पहिलो पारीमा भारत मात्र २५० रनमा अलअाउट भएकाे छ । पहिलाे दिनकाे खेल सकिदा चेतेश्वर पुजाराको सतकका कारण नौ विकेटको क्षतीमा दुई सय ५० रनकाे अवस्थाबाट दाेस्राे दिनकाे खेल सुरू गरेकाे भारतले सुरूवातमा नै विकेट गुमायाे ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि पुजाराले एक सय २३ रन बनाए भने रोहित शर्माले ३७ तथा रिशव पन्त र रविचन्द्रन आश्विनले समान २५–२५ रन बनाए । तीन रनमा पहिलो विकेट गुमाएको भारतले ४१ रन बनाउदा चार विकेट खेर फालेको थियो ।

भारतलाई कम स्कोरमा रोक्न मिचेल स्टार्क, जोस हेजलहुड, पेट कुमिन्स र लियोनले दुई दुई विकेट लिए । जवाफमा अष्ट्रेलियाले पनि कमजाेर सुरूवात गर्याे । उसले तीन महत्वपुर्ण विकेट सस्तैमा खेर फाल्याे । उसले ५९ रन बनाउदा तीन विकेट गुमायाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest