चितवनबाट खेल्ने विस्फाेटक ब्याट्सम्यान स्ट्रलिङ अाज नेपाल पुग्ने

भोलीबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिग खेल्न आयरल्याण्डका विस्फोटक ब्याट्सम्यान पउल स्ट्रलिङ आज नेपाल आइपुग्ने भएका छन । उनी दिउसो २ बजे काठमाडौं ओर्लनेछन ।

टेष्ट मान्यता देश आयरल्याण्डबाट ओपनरका रुपमा खेल्ने पउल इपीएलमा चितवनबाट खेल्नेछन । विस्फोटक ब्याट्सम्यान पउल स्ट्रलिङको नाम पहिले आउछ । अहिलेपनि युएइमा जारी टी–१० क्रिकेट खेलिरहेका पउल टी–२०मा बलरलाई दुःख दिने खेलाडीमा पर्छन ।

अन्तराष्ट्रिय क्रिकेटको राम्रो अनुभव बोकेका पउलले १०० ओडीआइ खेलेका छन । उसमा उनको उच्च स्कोर १७७ रन रहेको छ । उनले १६ अर्धसतक र ७ सतक बनाएका छन । यसका साथै उनले यसै सिजन अफगानिस्तान प्रिमियर लिग पनि खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest