इपीएल भाेलीबाट सुरू, सम्पुर्ण तयारी पुरा, विराटनगर र ललितपुरकाे भिडन्त

नेपाली क्रिकेटमा विदेशी खेलाडी अनुबन्ध गरेर आयोजना हुन लागेको ठुलो प्रतियोगिता एभरेष्ट प्रिमियर लिग भोलीदेखि काठमाडौमा सुरु हुँदैछ । प्रतियोगिताका लागि हरेक टिममा सहभागि विदेशी खेलाडी प्रायः काठमाडौ पुगिसकेका छन ।

यसपटकको इपीएल विदेशी खेलाडीले झन चर्चामा रहेको छ । अघिल्लो संस्करणमा पनि विदेशी खेलाडी अनुबन्ध गरेपनि एसोसियट टिम र भारतबाट बढी खेलाडी ल्याएका टिम मालिकले यसपटक आयरल्याण्ड, स्कटल्याण्ड, इंग्ल्याण्ड दक्षिण अफ्रिका जस्ता देशबाट विदेशी खेलाडी झिकाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भोली विराटनगर वारियर्स र ललितपुर वारियर्स विच प्रतिस्पर्धा हुनेछ । विराटनगर साविक विजेता हो । पारस खड्काको कप्तानीमा रहेको पारसका टिम यसपटको पनि उपाधि दावेदार टिम हो । यता अघिल्लो संस्करणमा राम्रो प्रदर्शन गर्न नसकेको ललितपुर यसपटक खरो रुपमा उत्रने लक्ष्यमा छ ।

त्यसैले पनि उसले विदेशी खेलाडीका रुपमा तीन जना खेलाडीलाई ल्याएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले तीनै जना विदेशी खेलाडी भारतबाट ल्याएको छ । उद्घाटन खेलबाट नै सकारात्मक नतिजा निकाल्ने लक्ष्यमा दुबै टिम रहेका छन । त्यसैले पनि दुबै टिमका कप्तानको भनाई यसपटक उपाधि जित्ने रहेको छ ।

प्रतियोगितामा दर्शकका लागि एक सय रुपैयाँ टिकट तोकिएको छ । विधार्थीका लागि ५० रुपैयाँ राखिएको छ । प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा भएको छ । मैदानलाई सजाउने काम अन्तिम चरणमा पुगेको छ भने खेलाडी, अफिसियल, भिआइपी, मिडियाका लागि बस्ने ब्यवस्था तयार पारिएको छ । प्रतियोगिता साच्चिकै अन्तराष्ट्रिय स्तरको देखियोस भनेर मैदानको वरिपरी फ्लेक्सहरु राखिएका छन । प्रतियोगिता एपीवन टिभीले प्रत्यक्ष प्रशारण गर्ने प्रतियोगिताकालागि कमेन्टेटर पनि विदेशी नै ल्याएको छ ।

के भन्छन दुबै टिमका कप्तान ः

पारस खड्काः हामी यसपालि अझै उत्साही छौं । अघिल्लो वर्षभन्दा ईपीएल अझै परिस्कृत भएको छ । स्तरीय विदेशी खेलाडीको आगमनले पनि यसपालि ईपीएल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । सबै टोली बराबरी स्तरका छन् । त्यसैले प्रतियेगिता झन रेमाञ्चक हुने अशा गरेका छाै ।

ज्ञानेन्द्र मल्ल ः अघिल्लो वर्ष पनि लक्ष्य उपाधि नै थिये तर, सफल हुन सकिएन । यसपल्ट भने लक्ष्य पूरा गर्ने तयारीमा छौं । स्तरीय विदेशी खेलाडी र अरू धेरै कारणले याे ईपीएल उत्कृष्ट हुनेछ । यद्यपि क्रिकेटरले खेलेरै नाम कमाउने हो । मेरो टिममा ठूला नाम नहोलान् तर ठूलो पारी खेल्न  सक्षम खेलाडी छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest