पहिलाे टेष्टमा भारत अष्ट्रेलिया माथि हावी देखियाे

अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा दोस्रो दिनको खेल सकिदा भारतले दबाव बनाएकाे छ । घरेलु टिम अष्ट्रेलियाले दोस्रो दिनको खेल सकिदा १ सय ९१ रन बनाउँदा ७ विकेट गुमाएको छ ।

अष्ट्रेलियाका लागि ट्रभिस हेड ६१ र मिचेल स्टार्क ८ रनमा अविजीत रहेका छन् । यस्तै अष्ट्रेलियाका पिटर हृयान्डस्कोम्बले ३४, उस्मान खवाजाले २८ र मार्कुस हृयारिसले २६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन । शन मार्श मात्र २ रनमा आउट हुँदा लगातार ६ पारीमा १० रन भन्दा कम स्काेरमा अाउट हुने १ सय ३० वर्षको पुरानो रेकर्ड तोडेका छन् ।

मार्श सन् १८८८ पछि दोहोरो रन छुन नसक्ने अष्ट्रेलियाका पहिलो ब्याट्सम्यान बनेका छन् । भारतका लागि रविचन्द्रन अश्विनले ३ विकेट लिए ।

त्यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २ सय ५० रन बनायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest