विवाद समाधानका लागि स्वतन्त्र कमिटीकाे बैठक अाजबाट सुरू

नेपाली क्रिकेटकाे विवाद समाधानका लागि अाइसीसीले गठन गरेको स्वतन्त्र कमिटिको बैठक आजबाट काठमाडाैंमा सुरू हुँदैछ ।

काठमाडौंको होटल सोल्टीमा दिउँसो १ बजेबाट बैठक सुरू हुँनेछ । बैठकका लागि अाइसीसीका प्रतिनिधी शुक्रबार नै काठमाडाै अाइसकेका छन ।

दाेस्राे पटक बस्न लागेकाे स्वतन्त्र कमिटिको यसअघि बैठकले जिल्ला निर्वाचनको बिषयमा अध्ययन गर्ने र अदालतको मुद्वा फिर्ता लिने बिषयमा निलम्बित क्यानलाई आग्रह गर्ने निर्णय गरेको थियो । तर निलम्बित क्यानले अदालतको मुद्वा फिर्ता लिने बिषयमा संघको बोर्ड बैठकबाट औपचारिक निर्णय गरेपनि प्रक्रिया अघि बढाएको छैन ।

काठमाडौमा दुई दिन सम्म चल्ने स्वतन्त्र कमिटिको बैठकमा अदालतको मुद्वा फिर्ताको सम्बन्धमा छलफल हुनेछ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest