इपीएलकाे उद्घाटन खेलमा बिराटनगर र ललितपुर भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको आजदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गरेका छन्।

आज उद्घाटन  खेलमा अघिल्लो संस्करणको विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियर्स भिड्ने छन्। विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्नेछ ।

पन्ध्र दिनसम्म चल्ने सो प्रतियोगितामा १९ खेल हुनेछन् । प्रतियोगिताको मुख्य आकर्षण विदेशी खेलाडी र अन्तर्राष्ट्रिय ‘चियर्स लिडर्स’ छन् । यसपटक प्रतियोगितामा आठ देशका विदेशी खेलाडी पनि खेल्दैछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest