इपीएल उद्घाटन खेलमा ललितपुरले टस जितेर ब्याटिङ गर्ने

एभरेष्ट प्रिमियर लिग अन्तर्गत उद्घाटन खेलमा अहिले साविक विजेता विराटनगर वारियर्स र ललितपुर पेट्रियट्स विच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
विराटनगर र ललितपुर दोस्रो पटक इपिएलमा खेल्दैछन । अघिल्लो संस्करणको लिगमा विराटनगरले ललितपुरलाई ६ रनले पराजित गरेको थियो । विराटनगरले दिएको एक सय ५१ रनको लक्ष्य पक्ष्याएको ललितपुर १४४ रनमा रोकिएको थियो ।

डिफेन्डिङ च्याम्पियन भएको नाताले पनि विराटनर सकारात्मक नतिजाका साथ उपाधि रक्षा गर्न चाहन्छ । यता अघिल्लो सिजन खराव सुरुवात गरेको ललितपुर यसपटक दरिलो उपस्थिती जनाउन चाहन्छ । विराटनगर टिममा दुई जना दक्षिण अफ्रिका र एक जना हङकङका विदेशी खेलाडी रहेका छन । यता ललितपुरमा तीन जना भारतीय खेलाडी छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest