इपीएल क्रिकेटः बिराटनगर विरूद्द ललितपुरकाे खराव सुरूवात

एभरेष्ट प्रिमियर लिग अन्तर्गत उद्घाटन खेलमा अहिले साविक विजेता विराटनगर वारियर्स र ललितपुर पेट्रियट्स विच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । निकै कमजोर सुरुवात गरेको ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो । उसका भारतीय खेलाडी रवीकिशन कोल्सावाला मात्र चार रनमा आउट भए ।

उनलाई करण केसीले पेभेलियन फर्काए । त्यसपछि ललितपुरको स्कोर २१ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक गौरव तमोर मात्र चार रनमा आउट भए ।

विराटनगर र ललितपुर दोस्रो पटक इपिएलमा खेल्दैछन । अघिल्लो संस्करणको लिगमा विराटनगरले ललितपुरलाई ६ रनले पराजित गरेको थियो । विराटनगरले दिएको एक सय ५१ रनको लक्ष्य पक्ष्याएको ललितपुर १४४ रनमा रोकिएको थियो । डिफेन्डिङ च्याम्पियन भएको नाताले पनि विराटनर सकारात्मक नतिजाका साथ उपाधि रक्षा गर्न चाहन्छ । 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest