ललितपुर पुरै दबावमा, गुमायाे ४ विकेट

एभरेष्ट प्रिमियर लिग अन्तर्गत उद्घाटन खेलमा अहिले साविक विजेता विराटनगर वारियर्स र ललितपुर पेट्रियट्स विच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । निकै कमजोर सुरुवात गरेको ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो । उसका भारतीय खेलाडी रवीकिशन कोल्सावाला मात्र चार रनमा आउट भए । उनलाई करण केसीले पेभेलियन फर्काए ।

त्यसपछि ललितपुरको स्कोर २१ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक गौरव तमोर मात्र चार रनमा आउट भए । त्यसपछि उसको ३८ रन हुँदा पवन सराफ ब्यक्तिगत १४ रनमा आउट भएपछि ललितपुरले तेस्रो विकेट गुमायो ।

त्यसको लगत्तै कुशल भुर्तेले पनि खाता खोल्न नपाउदै आउट भए । जसका कारण ललितपुरले ३९ रनमा चार विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest