इपीएलमा ललितपुरले बिराटनगरलाई दियाे १०५ रनकाे लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्सले ललितपुर पेट्रियट्सबाट एक सय ५ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै एक सय चार रन बनायो । निकै कमजोर सुरुवात गरेको ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो । उसका भारतीय खेलाडी रवीकिशन कोल्सावाला मात्र चार रनमा आउट भए । उनलाई करण केसीले पेभेलियन फर्काए ।

त्यसपछि ललितपुरको स्कोर २१ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक गौरव तमोर मात्र चार रनमा आउट भए । त्यसपछि उसको ३८ रन हुँदा पवन सराफ ब्यक्तिगत १४ रनमा आउट भएपछि ललितपुरले तेस्रो विकेट गुमायो ।

लगत्तै कुशल भुर्तेल पनि खाता खोल्न नपाउदै आउट भए । जसका कारण ललितपुरले ३९ रनमा चार विकेट गुमायो । ललितपुरको कमजोर पारीलाई सम्हाल्न खोजेको सन्नी पटेलले पाँचौ विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ३४ रनको साझेदारी गरेका थिए । तर पटेल १९ रनमा पारसले पेभेलियनको बाटो देखाएपछि ७३ रनमा ललितपुरले पाँचौ विकेट गुमायो ।

ललितपुरका खेलाडी विच राम्रो साझेदारी हुन सकने । ८८ रन बनाउदा उसले छैटौ विकेट खेर फाल्यो । सन्दिप जोरा मात्र चार रनमा आउट भए । लगत्तै ९७ रनमा ललितपुरले सातौ विकेट गुमायो । योगेन्द्रसिंह कार्कीलाई पारस खड्काले शुन्य रनमा नै आउट गरे ।

ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउनबाट मात्र एक रनले चुके । उनलाई करण केसीले आउट गर्नु अघि तीन चौका र दुई छक्काको मद्दतले ४९ रनमा आउट भए । बलिङ तर्फ बिराटनगरका करण केसी र रे भान डेल र्मेवीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest