साविक विजेता बिराटनगर कमजाेर स्थितीमा

एक सय ५ रनको लक्ष्य पक्ष्याएको विराटनगरले पछि सुरुवात राम्रो गर्न सकेन । उसले स्कोरबोर्डमा १९ रन बनाउदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए ।

ओपनर अनिलकुमार शाह ११ रनमा आउट भए । त्यसपछि ३२ रन बनाउदा बिराटनगरले दोस्रो विकेट खेर फाल्यो । उसका कप्तान पारस खड्का मात्र दुई रनमा पेभेलियन फर्किए । जसका कारण विराटनगरले ३१ रनमा दुई विकेट गुमायो ।

लगत्तै स्मिथ पटेल पनि मात्र एक रनमा आउट भएपछि विराटनगरले ३४ रनमा तेस्रो विकेट गुमाउन पुग्यो । एकपछि अर्को विकेट गुमाएको विराटनगरले ३४ रनमा नै चौथो विकेट गुमायो । दक्षिण अफ्रिकी खेलाडी रे भान खाता खोल्न नपाउदै रनआउट भए ।

एकपछि अर्को विकेट गुमाएको विराटनगरको मिडिलअडर पुर्ण रुपमा ध्वस्त बन्यो । ५० रन बनाउदा ६ विकेट खेर फालेको विराटनगरले ७३ रन जोड्दा ७ विकेट गुमायो । उसका लागि
बलिङ तर्फ ललितपुरका गौरव तमोरले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest