क्रिकेट विवाद समाधानका लागि अाइसीसीले ताेक्याे टाइमलाइन

नेपाली क्रिकेट विवाद समाधानका लागि आइसीसीले गठन गरेको स्वतन्त्र समितीको बैठकले नेपाली क्रिकेटको विवादको निकास एक कदन नजिक पुगेकाे छ । अाज बसेकाे स्वतन्त्र समितीकाे बैठकले २ महिनामा ताेकेकाे सबै काम पुरा गर्न टाइमलाइन ताेकेकाे छ ।

बैठकले जिल्ला निर्वाचन कुन किसिमले गर्ने भनेर एक सातामा माइनुट पठाउने भएको छ । यसका साथै जिल्ला निर्वाचनमा कसरी जाने र निर्वाचन भइसकेका जिल्लाहरु सहि तरिकाले भएका छन की छैन भनेर बिस्तृत विवरण यहि महिना भित्र स्वतन्त्र समितीलाई पठाउने भएको छ ।

आइसीसीका प्रतिनिधी सहितको बैठकले हालको अडचन समाधानका लागि २४ फेब्रेवरी सम्मको समय तोकेको स्वतन्त्र समितीका सदस्यले बताए । सोहि महिना आइसीसीको बोर्ड बैठक बस्दैछ । सो निर्वाचनसम्म स्वतन्त्र समितीले सबै जिल्लामा आधिकारीक रुपमा निर्वाचन गर्न सकेमा र अरु अड्चनलाई पार गरेमा नेपालको निलम्बन फुकुवा हुने देखिएको छ ।

क्यान निर्वाचन हुँदा कुल ३९ मध्ये ३७ जिल्लाको निर्वाचन भइसकेको थियो भने दुई जिल्लामा हुँन बाकि रहेको थियो । अब ती ३७ जिल्लाको निर्वाचन बैधानिक रुपमा भएको छ की छैन भनेर अध्ययन हुनेछ ।

यसका साथ निर्वाचित क्यानले अदालतको मुद्धा फिर्ता लिनका लागि मागेको विश्वश्नियतामा पनि आइसीसीका पदाधिकारीले टाइमलाइन पनि दिएका छन । फेब्रेवरीसम्म स्वतन्त्र समितीले गर्न भनेको सबै काम गर्न सकेमा नेपालको निलम्बन फुकुवा हुनेमा ढुक्क भएको उनले बताए । २ दिन बस्ने भनेकाे बैठक अाजै सकिएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest