चितवन विरूद्द ब्याटिङमा उत्रेकाे ललितपुर सम्हालिन खाेज्दै

एभेरेष्ट प्रिमियर लिग अन्तर्गत अहिले ललितपुर पेट्रियट्स र चितवन टाइगर्स विच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको पहिलो खेलमा विराटनगरसँग हारेको ललितपुरले आज पनि राम्रो सुरुवात गर्न सकेन । २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि गौरव तमोर पनि ब्यक्तिगत ३० रनमा पेभेलियन फर्किएपछि ललितपुरले ३० रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि टिमको स्कोर एक सय ११ रन हुँदा ललितपुरले चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest