ललितपुरद्वारा चितवनलाइ १४४ रनकाे लक्ष्य

एभेरेष्ट प्रिमियर लिग अन्तर्गत अहिले ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई एक सय ४४ रनको लक्ष्य दिएको छ ।

प्रतियोगिताको पहिलो खेलमा विराटनगरसँग हारेको ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ४३ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो ।

उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए । त्यसपछि गौरव तमोर पनि ब्यक्तिगत ३० रनमा पेभेलियन फर्किएपछि ललितपुरले ३० रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि टिमको स्कोर एक सय ११ रन हुँदा ललितपुरले चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो । फितलो ब्याटिङ गरेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लपनि मात्र तीन रनमा आउट भएपछि एक सय १४ रनमा पाँचौ विकेट खेर फाल्यो ।

अन्तिममा सन्दिप जोराले आक्रामक २५ तथा सोनु तामाङले ३० रन बनाए । बलिङमा जर्ज स्कटले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest