चितवनकाे खराव सुरूवात, सन्दिपकाे कसिलाे बलिङ

एभरेष्ट प्रिमियर लिग अन्तर्गत ललितपुर पेट्रियट्सले दिएकाे एक सय ४४ रनको लक्ष्य पक्ष्याएकाे चितवनले निकै खराव सुरूवात गर्याे । मात्र २ रन हुँदा पहिलाे विकेट गुमायाे ।

अाेपनर दिलीप नाथलाइ सन्नी पटेलले एक रनमा अाउट गरे । त्यसकाे लगत्तै विस्फाेटक ब्याट्सम्यान पउल स्ट्रलिङ पनि मात्र एक रनमा सन्दिपकाे बलमा क्याच अाउट भएपछि चितवन सुरूमा नै दबावमा अायाे । उनले मात्र एक रन बनाए ।

त्यसपछि फेरी सन्दिपकाे बलिङमा जाेन सिमसन पनि १३ रनमा अाउट भएपछि चितवनले १६ रनमा तेस्राे विकेट गमुायाे ।

यसअघि पहिलो खेलमा विराटनगरसँग हारेको ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ४३ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि गौरव तमोर पनि ब्यक्तिगत ३० रनमा पेभेलियन फर्किएपछि ललितपुरले ३० रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि टिमको स्कोर एक सय ११ रन हुँदा ललितपुरले चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो ।

फितलो ब्याटिङ गरेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लपनि मात्र तीन रनमा आउट भएपछि एक सय १४ रनमा पाँचौ विकेट खेर फाल्यो । अन्तिममा सन्दिप जोराले आक्रामक २५ तथा सोनु तामाङले ३० रन बनाए । बलिङमा जर्ज स्कटले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest