बिग ब्यासका लागि सन्दिप अाज अष्टेलिया जाँदै, अाफ्नाे १०० प्रतिशत दिने उनकाे भनाइ

अष्ट्रेलियामा हुने बिग ब्यास लिग खेल्नका लागि सन्दिप लामिछाने आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछ । इपिएलमा दुई खेलेर सन्दिप आज अष्ट्रेलिया जान लागेका हुन । उनले खेलको दुई खेलमा ललितपुर टिमले एक जित र एक हार ब्यहोरेको थियो । दोस्रो खेलमा टिमलाई जित दिलाउन सन्दिपले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उनले दुई खेलमा ५ विकेट लिन सफल भए ।

पहिलो खेलमा हार ब्यहोरेपनि चार ओभरमा दुई विकेट लिएका सन्दिपले आजपनि चार ओभरमा २६ रन दिदै तीन विकेट लिए । इपीएलमा उनले ५ विकेट लिदा ५ वटै महत्वपुर्ण विकेट लिएका थिए । नेपाली क्रिकेट खेलाडीमा सबै भन्दा ब्यस्त क्रिकेटर सन्दिपले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्नेछन ।

एकपछि अर्को अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त बनेका सन्दिपले बिग ब्यास खेल्न जानु अगाडी आफु इपीएलको अन्तिम खेलमा टिमलाई जित दिलाएन जान पाउँदा निकै खुसी रहेको र नयाँ जोस र थप हौसलाका साथ अष्ट्रेलिया जान लागेको बताए । साथै उनले बिग ब्यास लिग जस्तो प्रतियोगितामा नेपाली खेलाडी खेल्न पाउनु नै गर्वको विषय रहेको बताउदै आफु आफ्नो क्षमता अनुसार नै खेल्ने बताए ।

उनले बिग ब्यासमा ५-६ खेल खेलेर पहिलेकाे कमिटमेन्ट अनुसार बंगलादेश प्रिमियर लिग खेल्न जानेछन । त्याे विचमा नेपालकाे अन्तराष्ट्रिय प्रतियाेगिता परेमा त्याे खेलेर फेरी अष्ट्रेलिया नै जाने उनले बताए । साथै उनले अाफु टिममा नहुदा ललितपुरले केहि रणनिती परिवर्तन गर्नुपर्ने हुन सक्छ । तर सबै निकै जानकार छन र टिमले राम्राे खेल्नेमा अाशावादी रहेकाे उनले बताए । 

बिग ब्यासमा अाफु टिममा पर्ने नपर्नेमा टिममा भर पर्नेछ । तर अाफु जति पनि खेल खेल्न पाउने छाै, त्यसमा पुर्ण रूपमा मेहेनत गरेर प्रदर्शन गर्ने उनले बताए । टी-१० मा भएकाे खराव प्रदर्शनलाइ विर्सेर इपीएलमा राम्राे गरे अब याे माेमेन्टमलाइ कायम बिग ब्यासमा पनि राख्ने उनले बताए । 

योसंगै सन्दिप बिग ब्यास लिग खेल्ने पहिलो एसोसिएट खेलाडी समेत बनेका छन्। प्रतियोगिता यहि डिसेम्बर १९ बाट सुरु हुँदै छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest