इपीएलमा अाज २ खेल काे काे खेल्दैछन हेराै

एभेरेष्ट प्रिमियर लिगमा आजपनि दुई खेल हुनेछन । जसमा पहिलो खेलमा चितवन टाइगर्स र काठमाडौं किंग्स तथा दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर पेट्रियट्स विच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुर क्रिकेट मैदानमा हुने पहिलो खेल नौ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा चितवनले पहिलो खेलमा ललितपुरसँग ११ रनको हार ब्यहोरेको थियो । यता काठमाडौको यो पहिलो खेल हो । पहिलो खेलमा चितवनका स्टार खेलाडी पउल स्ट्रलिङले राम्रो खेल्न नसक्दा पनि चितवन हार्न पुगेको थियो ।

यता काठमाडौ विरुद्ध आज जित निकाल्दे चितवन प्रतियोगितामा कमब्याक गर्न चाहन्छ । काठमाडौ टिम पनि आफ्नो पहिलो खेल देखि नै जितका लागि मैदानमा उत्रने । आजै हुने अर्को खेलमा पोखरा राइनोज र ललितपुर विच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवनलाई हराएको थियो । तर आजको खेलमा ललितपुरका लागि सन्दिप लामिछानेको अनुपस्थिती निकै खड्कीने देखिएको छ ।

दोस्रो खेलमा जित निकाल्दा सन्दिपले टिमका लागि तीन विकेट लिएका थिए । यता इपिएलकै इतिहास उच्च स्कोर २१५ रन बनाएर पनि हार्न पुगेको पोखरा आज ललितपुर विरुद्धको खेलबाट कमब्याक गर्न चाहन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest