बंगलादेश वेष्ट इन्डिज विरूद्द ५ विकेटले विजयी

वेष्ट इन्डिज विरुद्धको पहिलो एकदिवशिय खेलमा बंगलादेश ५ विकेटले विजयी भएको छ । जितसँगै बंगलादेशले तीन खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

ढाकामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा नौ विकेट गुमाउदै एक सय ९५ रन बनायो । निकै सुस्त ब्याटिङ गरेको वेष्ट इन्डिजले २९ रन हुदा पहिलो विकेट गुमाएको थियो ।

उसका लागि सेइ होपले सर्वाधिक ४३ रन बनाए भने किमो पउलले ३६ तथा रोस्टन चेजले ३२ रनको योगदान गरे । यस्तै मार्लोन स्यामुयलले २५ रनको योगदान गरे । बलिङ तर्फ मर्सफा र्मोतजा र मुस्ताफिजुर रहमानले तीन तीन विकेट लिए ।

जवाफमा बंगलादेशले ३५ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बंगलादेशलेका जितमा मुस्फिकुर रहिमले ५५ तथा लिटो दाशले ४१ रन बनाए । यस्तै सकीव अल हसनले ३० र सौम्य सरकारले १९ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest