इपीएलमा चितवन टस हारेर ब्याटिङमा

एभेरेष्ट प्रिमियर लिगमा अहिले चितवन टाइगर्स र काठमाडौं किंग्स विच प्रतिस्पर्धा भइरहेकाे छ । जसमा काठमाडाैंले टस जितेर चितवनलाइ ब्याटिङकाे निम्ताे दिएकाे छ ।

प्रतियोगितामा चितवनले पहिलो खेलमा ललितपुरसँग ११ रनको हार ब्यहोरेको थियो । यता काठमाडौको यो पहिलो खेल हो ।

पहिलो खेलमा चितवनका स्टार खेलाडी पउल स्ट्रलिङले राम्रो खेल्न नसक्दा पनि चितवन हार्न पुगेको थियो । यता काठमाडौ विरुद्ध आज जित निकाल्दे चितवन प्रतियोगितामा कमब्याक गर्न चाहन्छ । काठमाडौ टिम पनि आफ्नो पहिलो खेल देखि नै जितका लागि मैदानमा उत्रने छ।

आजै हुने अर्को खेलमा पोखरा राइनोज र ललितपुर विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवनलाई हराएको थियो । तर आजको खेलमा ललितपुरका लागि सन्दिप लामिछानेको अनुपस्थिती निकै खड्कीने देखिएको छ । २ खेल खेलेपछि सन्दिप बिग ब्यास लिगका लागि अष्ट्रेलिया उडेका छन । दोस्रो खेलमा जित निकाल्दा सन्दिपले टिमका लागि तीन विकेट लिएका थिए । यता इपिएलकै इतिहास उच्च स्कोर २१५ रन बनाएर पनि हार्न पुगेको पोखरा आज ललितपुर विरुद्धको खेलबाट कमब्याक गर्न चाहन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest