काठमाडाैं विरूद्द चितवन सम्हालिदै

एभेरेष्ट प्रिमियर लिगमा अहिले चितवन टाइगर्स र काठमाडौं किंग्स विच प्रतिस्पर्धा भइरहेकाे छ । जसमा काठमाडाैंले टस जितेर चितवनलाइ ब्याटिङकाे निम्ताे दिएकाे छ ।

आक्रामक सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्यो । उसका लागि पउल स्ट्रलिङले १३ बलमा ३४ रन बनाए । जसमा तीन चौका र तीन छक्का सामेल थियो ।

त्यसको लगत्तै अर्का विदेशी खेलाडी जोन सिमसन खाता खोल्न पाउदै आउट भए । दुबै विकेट भारतीय खेलाडी प्रदिप साहुले लिए । त्यसपछि सन्दिप सुनार २५ रनमा सागर पुनकाे बलमा अाउट भएपछि ६९ रनमा तेस्राे विकेट गुमायाे । ्र

चितवनकाे स्काेर एक सय ९ रन हुँदा चाैथाे विकेट झर्याे । केभिन अाेब्राइनले जर्ज स्कटलाइ १५ रनमा अाउट गरे ।

प्रतियोगितामा चितवनले पहिलो खेलमा ललितपुरसँग ११ रनको हार ब्यहोरेको थियो । यता काठमाडौको यो पहिलो खेल हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest