पहिलाे टेष्ट भारतकाे पक्षमा, अष्ट्रेलिया ३१ रनले पराजित

अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टमा भारत ३१ रनले विजयी भएको छ । जितसँगै भारतले चार खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

एडीलेडमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो पारिमा संघर्षपुर्ण रुपमा ब्याटिङ गर्दै दुई सय ५० रन बनायो । उसका लागि चेतेश्वर पुजाराले एक सय २३ रनको पारी खेल्नुबाहेक अरु खेलाडीले खासै राम्रो खेल्न सकेन ।

बलिङ तर्फ अष्ट्रेलियाका मिचेल स्टार्क, पेट कुमिन्स र नाथन लियोनले दुई दुई विकेट लिए भने जोस हेजलहुडले तीन विकेट हात पारे ।

जवाफमा अष्ट्रेलिया पहिलो पारीमा दुई सय ३५ रनमा अलआउट भयो । उसका लागि टिम हेडले ७२ रन बनाउनु बाहेक अन्य खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् ।

बलिङ तर्फ भारतका रविचन्द्रन आश्विन र जसप्रित बुम्राहले तीन तीन विकेट लिए ।

  पहिलो पारीमा झिनो रनको अग्रता लिएको भारतले दोस्रो पारीमा थप तीन सय सात रन जोड्दै अष्ट्रेलियालाई तीन सय २३ रनको लक्ष्य दियो । सो लक्ष्य पक्ष्याएको घरेलु टिम दुई सय ९१ रनमा अलआउट भयो उसका लागि सन मार्सले ६० रन बनाउदा बाँकि खेलाडीले अर्धसतक पुरा गर्न सकेनन् । अष्ट्रेलियालाई कम स्कोरमा रोक्न बुम्राह, आश्विन र मोहम्मद सामीले तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest