एभरेष्ट प्रिमियर लिगमा काठमाडाैं ६ विकेटले विजयी, चितवनकाे लगातार दाेस्राे हार

एभेरेष्ट प्रिमियर लिग क्रिकेटमा काठमाडौं किंङ्सले चितवन टाइगर्सबाट एक सय ६१ रनको लक्ष्य पाएको छ ।

जवाफमा ३६ रनमा पहिलो विकेट गुमाएको काठमाडौंले ५३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर अमित श्रेष्ठ १८ रनमा आउट भएभने विदेशी खेलाडी केभिन ओब्राइन ३९ रनमा पेभेलियन फर्किए । त्यसपछि तेस्रो विकेटका लागि नरेश बुढाऐर र सागर पुन विच ३७ रनको साझेदारी भएको थियो । तर सागर ३९ रनमा आउट भएपछि काठमाडौंले ९० रनमा तेस्रो विकेट गुमाउन पुग्यो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १९ अाेभर चार बलमा १६० रनमा अलअाउट भयाे। आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्यो । उसका लागि पउल स्ट्रलिङले १३ बलमा ३४ रन बनाए । जसमा तीन चौका र तीन छक्का सामेल थियो । त्यसको लगत्तै अर्का विदेशी खेलाडी जोन सिमसन खाता खोल्न पाउदै आउट भए ।

त्यसपछि चितवनको स्कोर ६९ रन हुँदा तेस्रो विकेट झर्यो । सन्दिप सुनारलाई २५ रनमा सागर पुनले आउट गरे । चौथो विकेटका लागि जर्ज स्कट र दिपेन्द्र ऐरी विच ४० रनको साझेदारी गरेका थिए । तर स्कट १५ रनमा आउट भएपछि चितवनले एक सय नौ रनमा चौथो विकेट खेर फाल्यो । उसले एक सय ४४ रन हुँदा पाँचौ विकेटका लागि दिपेन्द्र ऐरीलाई ४५ रनमा गुमायो ।

त्यसपछि क्रिजमा आएका भिम शार्की पनि सात रनमा आउट भएपछि एक सय ५२ रनमा छैटौ विकेट झर्यो । लगत्तै कमलसिंह एेरी पनि एक रनमा रनआउट हुन पुगे । पुछारतिर एकपछि अर्को विकेट गुमाएको चितवनका लागि कप्तान पृथु बास्कोटाले १९ रन बनाए । चितवनले पछिल्लाे ६ विकेट ५१ रनमा गुमायाे ।

बलिङ तर्फ प्रदिप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest