केलीकाे बिस्फाेटक ब्याटिङका कारण पाेखरा बलियाे स्थितीमा

एभरेष्ट प्रिमियर लिग लिगमा आफ्नो दोस्रो खेलमा अहिले पोखरा राइनोज र ललितपुर पेट्रियट्स विच प्रतिस्पर्धा भइरहेको छ । जसमा टस जितेर ब्याटिङ गरेको पोखराले आजपनि आक्रामक सुरुवात गरेको छ ।

पोखरामा दुई जना विदेशी ओपनर रिचार्ड लेभी र केली कोट्जेरले पहिलो विकेटका लागि ९७ रनको साझेदारी हो । जारी लिगमा लेभी र केलीको यो लगातार दोस्रो उत्कृष्ट साझेदारी हो ।

जसमा लेभीले विस्फोटक ८४ रन बनाउदै पवन सराफको बलमा आउट भए । उनले ३९ बलमा तीन चौका र नौ छक्का प्रहार गरे । त्यसपछि सुनिल धमला १० रनमा आउट भएपछि पोखराले एक सय १३ रनमा दोस्रो विकेट गुमायो ।

लगत्तै केली पनि ब्यक्तिगत १९ रनमा पेभेलियन फर्किए जसका कारण पोखराले ११६ रनमा तेस्रो विकेट खेर फाल्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest