लेभीकाे अर्धसतकमा पाेखराद्वारा ललितपुरलाइ १६७ रनकाे लक्ष्य

एभरेष्ट प्रिमियर लिग लिगमा आफ्नो दोस्रो खेलमा पोखरा राइनोजले ललितपुर पेट्रियट्सलाई एक सय ६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६६ रन बनायो । पोखरामा दुई जना विदेशी ओपनर रिचार्ड लेभी र केली कोट्जेरले पहिलो विकेटका लागि ९७ रनको साझेदारी हो ।

जारी लिगमा लेभी र केलीको यो लगातार दोस्रो उत्कृष्ट साझेदारी हो । जसमा लेभीले विस्फोटक ८४ रन बनाउदै पवन सराफको बलमा आउट भए । उनले ३९ बलमा तीन चौका र नौ छक्का प्रहार गरे । त्यसपछि सुनिल धमला १० रनमा आउट भएपछि पोखराले एक सय १३ रनमा दोस्रो विकेट गुमायो ।

लगत्तै केली पनि ब्यक्तिगत १९ रनमा पेभेलियन फर्किए जसका कारण पोखराले ११६ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि पउल कोउग्लिन १३ रनमा आउट भएपछि पोखराले एक सय ६३ रनमा चौथो विकेट गुमायो । पोखराका लागि विनोद भण्डारीले अविजीत ३४ रन बनाए । बलिङमा पवनले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest