पाेखरा लगातार दाेस्राे खेल हार्दा ललितपुर ८ विकेटले विजयी

एभरेष्ट प्रिमियर लिग लिगमा ललितपुर पेट्रियट्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा पोखरा राइनोजलाई ८ विकेटले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६६ रन बनायो । पोखरामा दुई जना विदेशी ओपनर रिचार्ड लेभी र केली कोट्जेरले पहिलो विकेटका लागि ९७ रनको साझेदारी हो ।

जारी लिगमा लेभी र केलीको यो लगातार दोस्रो उत्कृष्ट साझेदारी हो । जसमा लेभीले विस्फोटक ८४ रन बनाउदै पवन सराफको बलमा आउट भए । उनले ३९ बलमा तीन चौका र नौ छक्का प्रहार गरे । त्यसपछि सुनिल धमला १० रनमा आउट भएपछि पोखराले एक सय १३ रनमा दोस्रो विकेट गुमायो ।

लगत्तै केली पनि ब्यक्तिगत १९ रनमा पेभेलियन फर्किए जसका कारण पोखराले ११६ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि पउल कोउग्लिन १३ रनमा आउट भएपछि पोखराले एक सय ६३ रनमा चौथो विकेट गुमायो । पोखराका लागि विनोद भण्डारीले अविजीत ३४ रन बनाए । बलिङमा पवनले तीन विकेट लिए ।

एक सय ६७ रनको लक्ष्य पक्ष्याएको ललितपुरले १५ ओभर ५ बलमा मात्र दुई किवेटको क्षतीमा लक्ष्य पुरा गर्यो । इपीएलमा अहिलेसम्म कै ठुलो साझेदारी गर्ने क्रममा दुई भारतीय खेलाडी गौरव तमोर र जयकिशन कोल्सावालले एक सय २९ रनको साझेदारी गरे ।

उनीहरुले पोखराका रिचार्ड लेभी र केली कोट्जेरले बनाएको एक सय चार रनको रेकर्डलाई तोड्न सफल भए । जसमा कोल्सावालाले ३८ बलमा ५१ रन बनाउदै आउट भएपछि ललितपुरले पहिलो विकेट गुमायो । त्यसपछि आक्रामक पारी खेलिरहेका गौरव तमोर ब्यक्तिगत ८२ रनमा आउट भएपछि ललितपुरले एक सय ४६ रनमा दोस्रो विकेट गुमायो । उनले ४१ बलमा चार चौका र आठ छक्का प्रहार गरे । यस्तै सोनु तामाङले ११ तथा सन्नी पटेलले २० रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest