बिग ब्यास लिगकालागि सन्दिप मेलबर्न पुगे

बिग ब्यास लिगका लागि नेपाली क्रिकेटर सन्दिप लामिछाने मेलबर्न पुगेका छन ।

सन्दिप आज दिउसो अष्ट्रेलिया पुगेका हुन । उनलाई मेलबर्न विमानस्थलमा नेप्लिज क्रिकेट एसोसियसन अफ भिक्टोरीयाका पदाधिकारीले विमानस्थलमा विशेष स्वागत गरे । १९ तारिखबाट सुरु हुने बिग ब्यास लिगमा सन्दिपको टिम मेलबर्नले डिसेन्बर २१ तारिखमा सिड्नी थन्डर्स विरुद्ध खेल्नेछ ।

मेलबर्न विमास्थनलमा स्थानीय मिडियासँग कुरा गर्दै सन्दिपले बिग ब्यासमा राम्रो खेलेर देशलाई र नेपाली क्रिकेटलाई गर्ववान्भित बनाउने बताए । 

सन्दिपको टोलि मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्। तर स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest