पाेखराद्वारा बिराटनगरलाइ ८५ रनकाे झिनाे लक्ष्य

एभरेष्ट प्रिमियर लिगमा लगातार २ खेलमा हार ब्यहाेरेकाे पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा विराटनगरको बलिङसामू निरीह बन्यो । शुरुदेखि विकेट पतनको शिकार बनेको पोखराले पाँच रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर केल कोट्जर चार रन बनाएर आउट भए ।

पोखराले १९ रन बनाएको अवस्थामा चार विकेट गुमाएको थियो । यसक्रममा रिचार्ड लेभी ३ रनमा, शुवेन्दु पाण्डे शुन्यमा र विनोद भण्डारी एक रनमा पवेलियन फर्किए । त्यसपछि पाउल कोलिनले २० रन बनाए भने राजेश पुलामी मगरले १७ रन जोडे । सुशान भारी सातौं विकेटका रुपमा आउट हुँदा पोखराले १७.३ ओभरमा ७८ रनमात्र बनाएको थियो ।

त्यसपछि पनि कुनै ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा पोखरा ८५ रनमा समेटियो ।पोखरालाई सस्तैमा समेट्नका लागि पाउल भ्यान मेकेरेनले तीन विकेट लिए भने रोउल्फ भ्यान गर मार्वीले दुई तथा बसन्त रेग्मी र स्मित पटेलले १–१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest