बिग ब्यासमा काेइनकाे सट्टा टसमा ब्याट प्रयाेग हुँने

अष्ट्रेलियन क्रिकेट लिग विग ब्यासमा नयाँ प्रयोग गरिने भएको छ । क्रिकेटको इतिहासमा पहिलो पटक बिग ब्यासमा टसको सट्टा हिल्स की फ्ल्याट भनेर क्रिकेट ब्याट फ्पि गरिने भएको छ ।

क्रिकेटमा अहिलेसम्म एउटा क्वाइनलाई लिएर दुई कप्तान विच टस गरिन्थ्यो भने विग ब्यासमा यो सिजनदेखि ब्याटलाई नै टसका रुपमा प्रयोग गरिने भएको छ । क्रिकेट ब्याटको समथल भागलाई फ्ल्याट र पछाडी पट्टिको भागलाई हिल्स भनेर नाम दिइनेछ ।

यसका लागि बिग ब्यासका आयोजकले विशेष ब्याट बनाउने भएका छन । बिग ब्यास लिग तथा क्रिकेट अष्ट्रेलियाका प्रमुख किम म्याक्कोनीले दिएको अन्र्तवार्तामा एउटा ब्याट कम्पनीले यो अवधारणा लिएर आएको र त्यो निकै राम्रो लागेकाले बिग ब्यासमा प्रयोग गरेको बताए ।

प्रतियोगितामा ब्याटबाट टस गर्ने पहिलो कप्तान ब्रिसबेन हिटका क्रिस लियन हुने भएका छन । डिसेम्बर १९ बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा ब्रिसबेन र एडीलेड स्ट्राइकर्स विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा मेलबर्न स्टार्सबाट खेल्न नेपाली खेलाडी सन्दिप लामिछाने मेलबर्न पुगिसकेका छन । उनले मेलबर्नमा हुने नेपाली महोत्सवको परेडमा समेत सामेल हुनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest