इपीएलमा पाेखराकाे लगातार तेस्राे हार, काठमाडाैंसँग सुपरअाेभरमा ७ रनले पराजित

एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजले लगातार तेस्रो हार ब्यहोेरेको छ । आज भएको खेलमा पोखरा विराटनगरसँग सुपर ओभरमा ७ रनले पराजित भयो । यो हारसँगै पोखराको शिर्ष चारमा पुग्न संभावना कठिन बनेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा सात विकेट गुमाउदा ८४ रन मात्र बनाउन सक्यो । सुरुवाती दुई खेलमा हाइस्कोर गरेर पनि पराजित भएको पोखराले आज निकै खराव सुरुवात गर्यो । ५ रनमा पहिलो विकेट गुमाएको पोखराले १९ रन बनाउदा चार विकेट खेर फालेको थियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

यसअघिका दुई खेलमा विस्फोटक ब्याटिङ गरेका रिचार्ड लेभी तीन रनमा आउट भए भने कप्तान केहिल कोट्जेर चार रनमा पेभेलियन फर्किए । त्यसपछि ब्याटिङमा आएका सुविन्धु पाण्डेले खाता खोल्न सकेनन् ।

निकै दबावमा रहेको पोखराका कुनै पनि खेलाडी विच गतिलो साझेदारी हुन नसक्दा उसले ७८ रनमा सात विकेट खेर फालेको थियो । उसको पारीमा पउल कोलिग्न र राजेश पुलामीको ३० रनको साझेदारी नै उच्च रह्यो । पउलले २० रन बनाए भने राजेशले १७ रनको योगदान गरे ।

बाँकि खेलाडी एकोहोरो रुपमा आउट भए । पोखरालाई कम स्कोरमा रोक्न पिटर भान मिकिरेनले तीन तथा रे भान डेर र्मेवीले दुई विकेट लिए ।

जवाफमा विराटनगरले १९ ओभर तीन बलमा ८४ रनमा अलआउट भएपछि खेल टाइ भयो । खराव सुरुवात गरेको विराटनगरको पारीको सुरुवात गर्न आएका पारस खड्का मात्र एक रनमा आउट भए भने अनिश शाहले खाता खोल्न सकेनन् । जसका कारण उसले ५ रनमा दुई विकेट गुमायो ।

त्यसपछि शक्ति गौचन र सुसान भारीले लगातार दुई विकेट लिएपछि विराटनगरले २८ रनमा चार विकेट खेर फाल्यो । उसका आसिफ शेख १९ तथा सन्नी पटेल आठ रनमा आउट भए । लक्ष्य सानो पक्ष्याएको भएपछि बिराटनगरका मिडिलअडरका खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् । उसको स्कोर ४५ रन हुँदा रे भान देर र्मेवीपनि ११ रनमा आउट भए ।

त्यसपछि रविन क्षेत्री पनि मात्र १२ रनमा आउट भएपछि विराटनगरले ५५ रनका ६ विकेट गुमायो । विराटनगरको स्कोर ५६ रन हुँदा सातौ विकेट झर्यो । सुमित महर्जनलाई विक्रम सोबले आउट गरे । तर अन्तिममा करण केसीले १५ रन बनाए भने हरी चौहानले १२ रन बनाए ।

अन्तिम दुई ओभरमा विराटनरलाई जितका लागि मात्र ६ रन चाहिएको थियो । तर पुरा गर्न सकेन । बलिङतर्फ पोखराका बिपीन खत्रीले तीन तथा सुसान भारी र पउल कोलिग्नले दुई दुई विकेट लिए ।
खेल टाइ भएपछि भएको सुपर ओभरमा करण केसीको उत्कृष्ट पारीमा २१ रनका लक्ष्य दियो । जवाफमा पोखराले १३ रन मात्र बनाउन सक्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest