पाेखरासामु भैरहवाकाे १४४ रनकाे लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई एक सय ४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले १९ ओभर तीन बलमा एक सय ४३ रनमा अलअाउट भयाे । 

पहिलो खेलमा पोखराले दिएको दुई सय १६ रनको लक्ष्य पक्ष्याएको भैरहवाले आज मध्यम सुरुवात गरयो । लगातार दुई खेलमा हार ब्यहोरेको चितवन विरुद्ध पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो । तर आयरीस खेलाडी पउल स्ट्रलिङले एकै ओभरमा दुई विकेट लिएपछि भैरहवाको पारी केहिबेर सुस्ताएको थियो । उसका लागि प्रदिप ऐरीले २६ तथा कुशल मल्लले ३ रन बनाए । त्यसपछि भैरहवाको स्कोर ८० रन हुँदा तेस्रो विकेट गयो । पोखरा विरुद्ध सतक प्रहार गरेका रवीइन्दर सिंह २५ रनमा आउट भए ।

त्यसको लगत्तै कप्तान शरद भेषवाकर पनि एक रनमा रनआउट भएपछि भैरहवाले चौथो विकेट गुमायो । पाँचौ विकेटका लागि आरिफ शेख र रायन टेन डोच्टेले ३३ रनको साझेदारी गर्दै टिमलाईको पारीलाई सम्हाल्ने प्रयास गरेका थिए । तर रायन ३५ रनमा आउट भएपछि भैरहवाले एक सय १५ रनमा पाँचौ विकेट गुमायो ।

चितवनका सागर ढकालले एकै ओभरमा लगातार दुई विकेट लिएपछि भैरहवाले एक सय ३० रनमा सात विकेट खेर फाल्यो । आरिफ शेख १८ तथा पुनित मेहरा १२ रनमा आउट भए । रोहित पौडेल मात्र चार रनमा आउट भएपछि भैरहवाले एक सय ४० रनमा आठ विकेट खेर फाल्यो । अन्ततः भैरहवाले मध्यम स्कोर तयार पार्यो ।
बलिङ तर्फ सागर ढकालले तीन तथा जर्ज स्कटले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest