एभरेष्ट प्रिमियर लिग अन्तर्गत भैरहवा ग्लाडियटर्सले लगातार दोस्रो जित निकाल्ने क्रममा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्यो । प्रतियोगितामा चितवनको लगातार तेस्रो हार हो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले १९ ओभर तीन बलमा एक सय ४३ बनायो । पहिलो खेलमा पोखराले दिएको दुई सय १६ रनको लक्ष्य पक्ष्याएको भैरहवाले आज मध्यम सुरुवात गरयो ।
लगातार दुई खेलमा हार ब्यहोरेको चितवन विरुद्ध पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो । तर आयरीस खेलाडी पउल स्ट्रलिङले एकै ओभरमा दुई विकेट लिएपछि भैरहवाको पारी केहिबेर सुस्ताएको थियो । उसका लागि प्रदिप ऐरीले २६ तथा कुशल मल्लले ३ रन बनाए । त्यसपछि भैरहवाको स्कोर ८० रन हुँदा तेस्रो विकेट गयो ।
पोखरा विरुद्ध सतक प्रहार गरेका रवीइन्दर सिंह २५ रनमा आउट भए । त्यसको लगत्तै कप्तान शरद भेषवाकर पनि एक रनमा रनआउट भएपछि भैरहवाले चौथो विकेट गुमायो । पाँचौ विकेटका लागि आरिफ शेख र रायन टेन डोच्टेले ३३ रनको साझेदारी गर्दै टिमलाईको पारीलाई सम्हाल्ने प्रयास गरेका थिए ।
तर रायन ३५ रनमा आउट भएपछि भैरहवाले एक सय १५ रनमा पाँचौ विकेट गुमायो । चितवनका सागर ढकालले एकै ओभरमा लगातार दुई विकेट लिएपछि भैरहवाले एक सय ३० रनमा सात विकेट खेर फाल्यो । आरिफ शेख १८ तथा पुनित मेहरा १२ रनमा आउट भए ।
रोहित पौडेल मात्र चार रनमा आउट भएपछि भैरहवाले एक सय ४० रनमा आठ विकेट खेर फाल्यो । अन्ततः भैरहवाले मध्यम स्कोर तयार पार्यो । बलिङ तर्फ सागर ढकालले तीन तथा जर्ज स्कटले दुई विकेट लिए ।
जवाफमा चितवन २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ३१ रनमा रोकियो । चितवनका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । ४९ रनमा पहिलो विकेट गुमाएको चितवनले ६४ रन बनाउदा तेस्रो विकेट खेर फाल्यो । उसका सन्दिप सुनार नौ रनमा आउट भए भने पउल स्ट्रलिङ ३८ रनमा पेभेलियन फर्किए ।
सको लगत्तै कप्तान पृथु बास्कोटा तीन रनमा आउट हुन पुगे । भिम शार्की र दिपेन्द्र ऐरीपनि सस्तैमा आउट भएपछि चितवनले ८४ रनमा पाँचौ विकेट गुमायो । भिमले खाता खोल्न सकेनन् भने दिपेन्द्र मात्र तीन रनमा पेभेलियन फर्किए । बलियो स्थितीमा रहेका बेला जर्ज सिम्पसन २६ रनमा आउट हुँदा चितवनले एक सय दुई रन बनाएको थियो ।
चितवनले स्कोरबोर्डमा अरु ५ रन जोड्दा थप दुई विकेट गुमायो । दिलीप नाथ १२ र जर्ज स्कट २ रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको चितवन अन्ततः एक सय २६ रनमा रोकियो ।
बलिङ तर्फ रवीइन्दर सिंह र शरद भेषवाकरले दुई दुई विकेट लिए ।