बिराटनगरद्वारा भैरहवासामु मात्र ९२ रनकाे लक्ष्य, नाभिदकाे ४ विकेट

एभरेष्ट प्रिमियर लिगमा भैरहवाले विराटनगरबाट मात्र ९२ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १८ ओभर चार बलमा मात्र ९१ रनमा अलआउट भयो । निकै फितलो ब्याटिङ गरेको विराटनगरले २० रन बनाउद चार विकेट खेर फालेको थियो । उसका सुरुवाती चार खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

कप्तान पारस खड्का मात्र एक रनमा आउट भए भने अनिल शाह पनि चार रनमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका बाबर हायात पनि ६ रनमा आउट हुदा आसिफ शेखले खाता खोल्न सकेनन् ।

एकपछि अर्को विकेट गुमाएको विराटनगरका कुनैपनि खेलाडी विच गतिलो साझेदारी हुन सकेन । रे भान देर मेर्वीले टिमका लागि सर्वाधिक २५ रन बनाए । सुनित महर्जनले १५ रन बनाउदा करण केसीले १८ तथा हरी चौहानले १३ रनको योगदान गरे ।

लगातार दुई खेलमा जित निकालेको विराटनगरलाई कम स्कोरमा रोक्न मोहम्मद नाभिदले चार तथा अविशान बोहरा र कृष्ण कार्कीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest